मंगलबार, वैशाख ९, २०८२

माल्टा सम्मेलनको कुनै औचित्य छैन, सम्मेलनको नाममा जथाभावी खर्च बन्द गर : पूर्व युरोप संयोजक आचार्य

नेपालखोज २०८१ चैत ६ गते १७:२९

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) अभियन्ता तथा पूर्व युरोप क्षेत्रिय संयोजक नारायण आचार्यले आगामी मे महिनामा काठमाडौँमा हुन गै रहेको एकताको अधिवेशनको तयारीलाई नै असर पर्ने गरी माल्टामा आयोजना गर्न लागिएको भनिएको क्षेत्रीय सम्मेलनको कुनै औचित्य नभएको जनाएका छन् ।

‘सर्वोच्च अदालतको परमादेश अनुसार यही मे ३-५, २०२५ मा काठमाडौंमा हुन गैरहेको एकता महाधिवेशनलाई असर पर्ने गरी कुनै पनि गतिविधि नगर्न, नगराउन उच्चस्तरीय समितिले सबै एनसीसीहरुलाई पत्राचार गरिसकेको छ । अदालतको अबहेलना हुने गरी साथै एनआरएनएको एकतामै असर पर्ने गरी कुनै पनि सभा सम्मेलन नगर्न म सबै साथीहरुलाई अपिल गर्दछु,’ आचार्यले भने ।

युरोपका एनसीसीलाई माल्टाको अधिवेशनमा सहभागी भई समय र पैसा खर्चिनु भन्दा ३१ मार्चभित्र सदस्यता वितरण गरी ठूलो संख्यामा काठमाडौंमा आयोजना हुन गइरहेको एकताको अधिवेशनमा सहभागी हुने वातावरण बनाउन उनले आग्रह गरे ।

साथै माल्टाको क्षेत्रीय सम्मेलनका नाममा विना अनुमति विभिन्न व्यक्ति र संस्थाको अनुमति बिनै सहयोग उपलब्ध तथा स्पन्सर गरेको भनी फ्लाएर बनाएर सामाजिक संजालमा प्रचारप्रसार गरेर जनमानसमा भ्रम सृजना गरिएको छ । भविष्यमा यी सबै गतिविधिको हिसाबकिताब बद्रि केसी समूहले दिनु पर्ने उनले जनाए ।

प्रतिक्रिया