बुधबार, वैशाख १०, २०८२

उद्योग क्षेत्रमा नियमित विद्युत् आपूर्ति मिलाउन आग्रह

नेपालखोज २०८१ चैत ६ गते २०:४७

काठमाडौं । नेपाल उद्योग परिषद्ले उद्योग क्षेत्रमा नियमित विद्युत् आपूर्तिको व्यवस्था मिलाउन सरकार एवं सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणले उद्योगमा हाल दैनिक १२ घण्टासम्म विद्युत् भार कटौती गराएर उद्योगीलाई प्रताडित गरेकाले पूर्ण रुपमा विद्युत् आपूर्तिको माग परिषद्ले गरेको हो ।

परिषद्ले आज विज्ञप्ति जारीगरी ‘मुलुकमा विद्युत् बचत हुँदा पनि उद्योगलाई पर्याप्त विद्युत् उपलब्ध नगराई निर्यात गरेको प्राधिकरणले अहिले उद्योगमा विद्युत् भार कटौती गराएर देशमा उद्योग नगर्न प्रेरित गरेको त होइन रु’ भनी प्रश्न गरेको छ । उद्योगमा विद्युत् उपलब्ध नगराइँदा उत्पादन लागत बढ्नुका साथै उत्पादनमा गम्भीर असर परेको परिषद्को भनाइ छ ।

प्रतिक्रिया