सोमबार, वैशाख ८, २०८२

सन् २०२४ आप्रबासीका लागि घातक बर्ष : संयुक्त राष्ट्रसङ्घ

नेपालखोज २०८१ चैत ७ गते १९:२५

काठमाडौं । गत वर्ष आप्रवासीका लागि सबैभन्दा घातक वर्ष भएको र विश्वभर करिब नौ हजार मानिसको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ । यो रोकथाम योग्य भएपनि सहन नसकिने पीडा भएको राष्ट्रसङ्घले बताएको छ ।

‘सन् २०२४ मा विश्वभर आप्रवासनका क्रममा कम्तीमा आठ हजार ९३८ जनाको मृत्यु भएको छ,’ संयुक्त राष्ट्रसङ्घको आप्रवासन निकायले भनेको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) का उपनिर्देशक उगोची डेनियल्सले भने, ‘विश्वव्यापी आप्रवासीको मृत्युको बढ्दो सङ्ख्याको त्रासदी असह्य र रोकथाम योग्य दुवै छ ।’

डेनियल्सले भने, ‘क्षति विनाशकारी छ तर हरेक मृतक सङ्ख्याको पछाडि कही न कही मानवीय कमजोरी नै कारक रहेको छ ।’

अधिकांश पीडितको पहिचान र अन्य विवरण अज्ञात रहेको बताइएको छ ।

सन् २०२४ मा एसिया, अफ्रिका र युरोपमा क्रमशः दुई हजार ७ ७८, दुई हजार २४२ र २३३ जनाको मृत्यु भएको थियो ।

युरोप पुग्न चाहनेहरूका लागि मुख्य प्रवेशद्वार भूमध्य सागरमा दुई हजार ४५२ जनाको मृत्यु भएको जनाइएको छ ।

अमेरिकाको अन्तिम तथ्याङ्क उपलब्ध नभए पनि अहिलेसम्मको अनौपचारिक तथ्याङ्कअनुसार कम्तीमा एक हजार २३३ जनाको मृत्यु भएको छ ।

यसमा “सन् २०२४ मा क्यारेबियन क्षेत्रमा अत्यधिक ३४१ जनाको ज्यान गएको थियो र कोलम्बिया र पनामाको बीचमा डेरिएन जङ्गल पार गर्ने १७४ जना आप्रवासीहरूको मृत्यु रेकर्ड भएको थियो ।

डारिएन जङ्गल कुनै समय संयुक्त राज्य अमेरिका पुग्न चाहने मानिसहरूको लागि मुख्य प्रवासी करिडोर थियो ।

प्रतिक्रिया