झापाबाट १ हजार ६३६ किलो गाँजासहित दुई जना नियन्त्रणमा
नेपालखोज
२०८१ चैत ८ गते ८:२१

झापा । सशस्त्र प्रहरीले झापाको बुद्धशान्ति गाउँपालिका-४ स्थित मेची राजमार्गबाट १ हजार ६३६ किलो गाँजासहित दुई वटा ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको छ ।
शुक्रबार प्रहरीले धनकुटाको शहिदभूमि नगरपालिका-४ बस्ने महेश राई र इलाम जिल्लाको माईजोगाई गाउँपालिका-२ बस्ने ३७ वर्षीय गङ्गा बहादुर बस्नेतलाई गरेकाे हाे ।
इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको मिनी ट्रकलाई विशेष सूचनाको आधारमा नम्बर १ बराह बाहिनी मुख्यालय र नम्बर २ गण झापा मातहत सुरक्षा वेश टिमाईबाट खटिएको संयुक्त सुरक्षा फौजले चेक जाँच गर्दा ५७ वटा बोरामा राखेर ल्याउँदै गरेको गाँजासहित उनीलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।
साथै उनीहरूको साथबाट नेपाली ८७ हजार ८८० रुपैयाँ र ५ थान मोबाइल सेट समेत बरामद भएको छ ।
सम्बन्धित
प्रतिक्रिया