गाजामा इजरायली आक्रमणमा कम्तीमा १३० जनाको मृत्यु
नेपालखोज
२०८१ चैत ८ गते २१:३३

काठमाडौं । गाजा पट्टीमा विगत ४८ घण्टामा इजरायली आक्रमणमा कम्तीमा १३० प्यालेस्टिनीको मृत्यु भएको छ भने २६३ जना घाइते भएको गाजास्थित स्वास्थ्य अधिकारीले शनिबार बताएका छन् ।
सन् २०२३ को अक्टोबरमा सुरु भएको प्यालेस्टाइन-इजरायली द्वन्द्वमा मृत्यु हुनेको सङ्ख्या ४९ हजार ७४७ पुगेको छ भने घाइतेको सङ्ख्या एक लाख १३ हजार २१३ पुगेको छ । विज्ञप्तिमा धेरै पीडित भग्नावशेषमुनि फसेका र नागरिक रक्षा टोलीको पहुँच बाहिर रहेको उल्लेख गरिएको छ ।
स्वास्थ्य अधिकारीले गाजा पट्टीका बासिन्दालाई एन्क्लेभमा रहेका अस्पतालमा गएर रक्तदान गर्न आह्वान गरेका छन् । जनवरी १९ मा सुरु भएको हमाससँगको युद्धविराम रद्द भएपछि इजरायलले मङ्गलबार गाजामा पुनः आक्रमण सुरु गरेको छ ।
त्यसपछि इजरायली सेनाले दक्षिणी, उत्तरी र मध्य गाजामा जमिन अपरेशन सुरु गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया