साउदी वार्तामा ‘प्रगति’को अपेक्षाः रूसी प्रतिनिधिमण्डल

मस्को । संयुक्त राज्य अमेरिकाले युक्रेनी र रुसी प्रतिनिधिमण्डलसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुअघि रुसी वार्ताकारले सोमबार साउदी अरबमा हुने वार्तामा ‘केही प्रगति’ हासिल गर्ने अपेक्षा मस्कोले गरेको बताएका छन् । अमेरिकी कुटनीतिज्ञ किथ केलोगले यस प्रयासलाई होटलका कोठाहरूबीचको ‘शटल डिप्लोमेसी’ को संज्ञा दिएका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताका लागि आफू तयार रहेको बताएका छन् । खाडी मुलुकमा सोमबार अमेरिकी र रुसी अधिकारीबीच छुट्टाछुट्टै बैठक हुनेछ । मस्कोले ३० दिनको पूर्ण र निःशर्त युद्धविरामका लागि अमेरिका र युक्रेनको संयुक्त प्रस्तावलाई अस्वीकार गरेको छ । मस्को र किएभ दुवैले वार्ताको दौडान आक्रमण जारी राखेका छन् । शुक्रबार राति दक्षिणी युक्रेनी शहर जापोरिजियामा रुसी आक्रमणमा परी एकै परिवारका तीन जनाको मृत्यु भएपछि युक्रेनी अधिकारीहरू आक्रोशित भएका छन् ।
युक्रेनको आपतकालिन सेवाले आइतबार बिहानै भनेको छ, रुसले किएभमा ड्रोन अपार्टमेन्टका भवनहरूमा आक्रमण गरेको, आक्रमणमा आगलागीसमेत भएको र कम्तीमा दुई जनाको मृत्यु भएको थियो । किएभका मेयर भिटाली क्लिट्स्कोले आइतबार ‘शत्रु युएभीको ठूलो आक्रमण’ का कारण शहरका विभिन्न जिल्लामा भग्नावशेष खस्दा सात जना घाइते भएको बताएका छन् । रुसको रक्षा मन्त्रालयले ५९ वटा युक्रेनी ड्रोनलाई नष्ट गरेको जनाएको छ ।
रुसी प्रतिनिधिमण्डलको नेतृत्व गर्ने रुसी सिनेटर ग्रिगोरी कारासिनले ज्वेज्दा टिभी च्यानलसँग भने, हामी कम्तीमा केही प्रगति हासिल गर्ने आशा गर्छौं । उनले आफू र एफएसबीका सल्लाहकार सर्गेई बेसेडाले वार्ताले ‘जुझारु र रचनात्मक’ मुड लिने बताएका छन् । युक्रेनका एक वरिष्ठ अधिकारीले एक दिनअघि एएफपीलाई बताएअनुसार किएभले ऊर्जा, पूर्वाधार र समुद्रमा हुने आक्रमणलाई समेट्ने गरी आंशिक युद्धविरामका लागि ‘कम्तीमा’ सहमति हासिल गर्ने आशा राखेको छ ।
किएभले आफ्ना रक्षामन्त्रीलाई वार्तामा पठाउँदैछ । हामी कम्तीमा एउटा मुद्दाको समाधानका लागि लड्ने मनस्थितिमा छौँ, रुसको रक्षा मन्त्रालयको स्वामित्वमा रहेको ज्वेज्दासँग कुरा गर्दै कारासिनले भने । उनीहरु आइतबार साउदी अरब जान लागेको र मङ्गलबार फर्किने उनले बताए ।
प्रतिक्रिया