राजस्व सङ्कलन २७ प्रतिशतले वृद्धि
नेपालखोज
२०८१ चैत ११ गते ९:०७

चितवन । आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षको तुलनामा यो वर्ष २१.४० प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । गत वर्षको फागुन मसान्तसम्मको राजस्वभन्दा यो २७ प्रतिशतले बढी हो ।
कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार यस वर्ष फागुन मसान्तसम्ममा १४ अर्ब ४६ करोड ६४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । गत वर्ष यसै अवधिमा ११ अर्ब ९१ करोड ६१ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
विभागले यस वर्ष १५ अर्ब ७० करोड १० लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य दिएकामा ९२.१४ प्रतिशत राजस्व सङ्कलन भएको हो । विभागले गत वर्ष २७ अर्ब ९२ करोड ८७ लाख ४९ हजार राजस्व सङ्कलन २७ प्रतिशतले वृद्धि राजस्व सङ्कलनका लागि लक्ष्य तोकेको थियो ।
सम्बन्धित
प्रतिक्रिया