पूर्वप्रधानमन्त्री खनालद्वारा दु:ख प्रकट
नेपालखोज
२०८१ चैत ११ गते ९:२९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीका पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश सहइञ्चार्ज अशोक कोइरालाको निधन भएकामा गहिरो दु:ख व्यक्त गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।
पूर्वप्रधानमन्त्री खनालले आज शोक विज्ञप्ति जारी गर्दै स्वर्गीय कोइरालाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे ।
मष्तिस्कघातका कारण ६३ वर्षीय कोइरालाको उपचारका क्रममा सोमबार शिक्षण अस्पतालमा निधन भएको हो । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आलोकनगरिस्थित पार्टीे केन्द्रीय कार्यालयमा अपराह्न १ः०० बजेसम्म राखिने छ ।
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया