जनता भन्दा ठुले संविधान की संविधान भन्दा ठुलो जनता

अहिले मुलुकमा मुलुकका सडकहरुमा यिनै विसयलाइ लिएर नारा जुलुस चलिरहेको छ ! अहिले देखिएको सडक प्रदर्शनले मुलुकले जारी गरेको संविधान माथि प्रस्न उठाउदै संविधान संशोधनलाइ मुल मुध्दा वनाएको छ! पुर्व राजा ज्ञानेन्द्रबाट फागुन सातमा व्यक्त गरेको विचारले देशमा संविधान माथि बहस र छलफल सुरु हुन थालेको छ ! देशको लागी मैले श्रिपेज त्यागे अझ पनि देशको लागी हामिले के के त्याग गर्नु पर्ने त्याग गर्न तयार भएको भनाइ अर्थ पुर्ण र गम्भिर अर्थ बोकेको छ!
पुर्व राजाबाट हामी भन्ने सव्द प्रयोग ले अन्य राजनितिक दललाइ पनि ईगित संकेत गर्दै त्याग गर भनेको हुन सक्छ! प्रचण्ड नेतृत्वको सरकार हटे पछी काग्रेस र एमाले को सरकार वन्दै गर्दा संविधान संशोधनकै मुध्दालाई प्रथमिकतामा राखेर गठवन्धन गर्दा पुर्व राजाले भने जस्तै संविधानमा भएका केही बुदा त्याग गर्ने गरी संविधान संशोधन लाइ प्रथमिकतामा राखेर नै गठवन्धन त गरिएको त हैन ? प्रस्न जे पनि र सम्भावना यो उ भनेर भन्ने अवस्था वर्तमान राजनीति आएको उतार चडावले हुने देखिन्छ!
काग्रेस केन्द्रिय समीतिबाट समेत गणतन्त्रबादीहरुको वर्तमान समयमा मोर्चावन्दी आवस्यक्ता नभएको र जनतानै सार्वभौम भएको हुदा जनतालाई नै सम्बोधन गर्नु पर्ने विचार प्रस्तुत गरेर संविधानबाटै सबै समस्या समाधान गर्न सकिन्छ भनिएको छ !देशकै ठुलो दल काग्रेसको यो विचारले पनि काग्रेस संविधानमा भएका केही बुदा त्याग गर्न सक्ने आसय लाई लिन सकिन्छ ! अहिले सातै प्रदेसबाट “संविधान संशोधन र यस्मा चुनौती “विसयमा भएको विचार गोष्ठीबाट आएको विचारलाइ प्रतिवेद वनाएर काग्रेसमा पेश गरिएको छ! त्यसमा पनि हिन्दु राष्ट र संघियता र भुगोलको आधारमा निर्वाचित क्षेत्र वनाउनु पर्ने राय आउनु पनि काग्रेसले यि कुरा त्याग गर्ने गरी जनताको सार्वभोमलाइ आत्मासात गर्दै त्याग गर्न तयार रहेको हो की ?
सस्थापन इतर का नेता डा. शेखर कोइरालाले संसारमा राजालाइ पुर्वराज भन्ने प्रचलन नरहेको हुदा पुर्व राजा भनिरहनु नपर्ने वताउदै अहिले मुलुकमा चलिरहेको वहस छलफल र सडक आन्दोलनले पुर्व राजालाइ नारायणहिटी मा प्रवेश गराउने अभियान चल्दै गर्दा डा. शेखरले जनताले चाहेमा नहुन सक्ने भन्ने छैन भन्नु र काग्रेस केन्दिय समीतिवाट पनि जनता सार्वभौम हुन भन्दै जनतालाइ संविधानबाटै सम्बोधन गर्न सकिन्छ भन्नु काग्रेस र एमालेको गठवन्ध यही कारणले भएको हो भन्न सकिन्छ!
दलहरु पनि संविधान रक्षाकोलागी सडकमा राजाबादीहरुको आन्दोलन चलिरहेकै अवस्थामा अहिले दलहरु पनि संघिय गणतन्त्र र संघियतालाई अझ दरो र मजबुत बनाउन संविधानको रक्षाकोलागी सडक रोज्दै छन !माओवादी तराइ मधेस जागरण अभियानमा ,काग्रेस क्षेत्रिय सम्मेलनमा ,एकिकृत समाजवादी शुशाशन र रोजगारीमा र एमाले सडक प्रदर्शनमा छन !राजाबादीहरुको आन्दोलनलाइ मध्यनजर गरेर आएका गणतन्त्रबादीहरुको यो सडक अभियान राजाबादी आन्दोलन संग मुडभेट हुन सक्ने अवस्था पनि आउन सक्छ यदी त्यस्तो भएमा गणतन्त्रबादीहरुलाइ भारी पर्न सक्छ ! यो गणतन्त्रबादीहरुको यो आफ्नै विरुध्द र गणतन्त्रलाइ क्षति पुग्नेगरी आफै विरुध्द गरिएको आन्दोलन हुन सक्छ ! अहिले संयम र विवेक पुर्याएर जनताको चाहाना र इच्छामा अगाडी वडनु नै गणतन्त्रको आयु वडछ!
जनवलको अगाडी संविधान
नेपालमा २००७ साल पछी जति पनि संविधान खारेज भए र जति पनि निर्माण भए ति सबै जनवलमा नै भए ! जनताकै इच्छा र आंकाक्षामा निर्मित भए ! त्यतिखेर जनता संविधान मानेर संविधान भित्र रहेर आन्दोलन गरेनन र अन्तत संविधान नै परिवर्तित गर्नु पर्ने अवस्था सृर्जित गरे ! नेपालमा २००४ साल पछी जति पटक संविधान बने ति सबै जनबलकै आधारमा निर्मित भए जस्तो कि २००७ , २०१५,२०१९,२०४७ र २०६३ र २०७२ यि सबै संविधान शसश्त्र युध्द आन्दोल कै वलबाट मुलुकमा संविधान आएको देखिन्छ! जनता भन्दा माथि संबिधान होइन भन्नेकुरा विगत कै संविधान मिर्माण भएकोको कुरा इतिहास साक्षि छ !अहिले राजनीतिक दल भित्र काग्रेसले चै यो कुरा बुजेको छ र उस्ले जन भावना विपरित गणतान्त्रिक मोर्चाको आवस्यक नभएको ठहर गर्दै संविधानबाटै जनताको समस्या हल गर्न र सम्बोधन गर्न सकिन्न्छ भनेको छ! यति भनि सके पछी वर्तमान गठवन्धन सरकारमा काग्रेसको पनि उपस्थिती छ र गढवन्धन सरकारले विवेकपुर्ण निर्णय गर्न गराउन सक्नु पर्छ!
राष्ट्रिय सहमतीको सरकार
अहिले तिन दल काग्रेस एमाले र माओवादी नेतृत्वविच पनि राष्ट्रिय सहमतिय सरकारको आवस्यक्ता महशुश गरिन्दै छ र त्यसेको सम्भावना पनि बडेर गएको देखिन्छ! संविधान संशोधनमा हात हाल्नु जोखिम र मुलुक अरु तनावग्रस्त वन्दै जाने अवस्था आउने कारणको आंकलन गर्दै वर्तमान गठवन्धनको सरकारले नै राष्ट्रिय सहमतिय सरकारको आवस्यक्ता र औचित्य देखेको हो ? अथवा काग्रेसले भने जस्तै गणतन्त्रबादी मोर्चा वर्तमान समयमा आवस्यक्ता छैन भन्दै गर्दा यही राष्ट्रिय सहमतीको सरकारलाइ नै गणतान्त्रिकहरुको मोर्चामा परिणत गर्दै गुप्त अर्थात भित्री नदेखिने मोर्चावन्दी गरिन लागिएको हो भने त्यस्ले मुलुकमा दुर्घटना निमत्याउन सक्छ ! अहिले मुलुकमा भएको राजावादीहरुको आन्दोलन गणतन्त्र विरुध्द भन्दा पनि गणतन्रले उब्जाएको भ्रष्टचार र कुशाशन अस्थिर राजनीतिकै कारण हो यस्मा समयमै सुधार गर्नु पर्छ र राजनीतिक दल पनि सच्चिनु पर्छ अव ढिलो गर्नु हुदैन ! अहिले काग्रेसमा पेष भएको प्रतिवेदनमा उल्लेख गरिएक विसयहरु र संशोधन गरिनु पर्ने विसयहरु राजाबादी आन्दोलनले उठाएका विसयहरुमा केही समानता छन र साथै जनतानै सार्वभौम हुन भन्ने मान्यता र आदर्शलाइ स्मरण गरिनु नै गणतत्न्रको उपलब्धी मान्न सकिन्छ!
प्रतिक्रिया