मंगलबार, वैशाख ९, २०८२

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुको विकल्प छैन् : अध्यक्ष दाहाल

नेपालखोज २०८१ चैत १३ गते १३:४७

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउनका लागि एक हुनुको विकल्प नरहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा सङ्क्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलनमा अध्यक्ष दाहालले राजनीतिक दलहरुबीच पनि शान्ति प्रक्रियाका विषयमा कुनै विवाद नरहेको भन्दै शान्तिप्रक्रियालाई निष्कर्षमा पुराउनका लागि एक हुनुको विकल्प नरहेको बताएका हुन् ।

अध्यक्ष दाहालले सङ्क्रमणकालीन न्यायको बिषय राष्ट्रिय मुद्दा भएकाले यसमा अन्य राजनीतिक प्रभाव पर्न दिन नहुने जिकिर गरे । उनले सङ्क्रमणकालीन न्यायका बिषयका कुनै राजनीतिक तिक्तता बढोस् भन्ने चाहना आफ्नो नरहेको स्पष्ट पारे ।

प्राविधिक, कानूनी र राजनीतिक उतारचढावका कारण शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउन ढिलाई भएको उनको भनाइ छ । प्रचण्डले नेपालको शान्ति प्रक्रिया धेरै हदसम्म आफ्नो मौलितकताअनुसार सफलताको साथ अगाडि बढिरहेको महशुस गरेको धारणा पनि राखे ।

उनले पीडितलाई न्याय दिने कुरालाई प्राथमिकता दिएर मात्र शान्ति प्रक्रियालाई दिगो बनाउन सकिन्छ भन्ने कुरामा कुनै अन्यौल नरहेको पनि बताए ।

प्रतिक्रिया