मंगलबार, वैशाख ९, २०८२

‘लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन’

नेपालखोज २०८१ चैत १३ गते १४:५३

लुम्बिनी । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुनै नसक्ने बताएका छन् । उनले लोकतान्त्रिक मूल्य र मान्यतामा अभ्यस्त भइसकेको नेपाली समाज निरङ्कुशतातर्फ जान नसक्नेमा आफू प्रष्ट रहेको बताए ।

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३, रुपन्देहीले आज भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रियामा गृहमन्त्री लेखकले समाज पछाडि फर्कन नसक्ने स्पष्ट पारे । एक दुईचोटी प्रयास गरिएका हुन् ।

नेपाली जनता लोकतन्त्रमा विश्वास गर्छन्, त्यसैले ती प्रयास नेपाली जनताले निस्तेज गरे, उनले भने, लोकतन्त्रको मार्गमा अगाडि बढिसकेको समाज पछाडि फर्किदैन, सरकार परिवर्तन हुने कुरा लोकतन्त्रमा हुन्छ । उनले अहिले केही कमी कमजोरी रहेको बताउँदै जनताको चिन्ता र पीडालाई आक्रोशमा बदलेर व्यवस्थाकै विरुद्धमा प्रयोग गर्ने प्रयत्न भइरहेको बताए ।

प्रतिक्रिया