मंगलबार, वैशाख ९, २०८२

प्रतिनिधिसभाको बैठक स्थगित

नेपालखोज २०८१ चैत १३ गते १६:३५

काठमाडाैं । प्रतिनिधिसभाको बैठक सूचना टाँस गरि स्थगित गरिएको छ ।

बिहीबार बोलाइएको बैठक बिशेष कारणबस निर्धारित समयमा बस्न नसक्ने भएकाले शुक्रबार बिहान ११ बजे बस्नेगरि स्थगित गरिएको संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ । यसअघि बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेलाई सारिएको सारिएको थियो । दिउँसो २ बजे पनि बस्न नसकेपछि शुक्रबारका लागि बैठक सारिएको हो ।

सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेपछि विपक्षी दलहरूले सदन र सडकबाट विरोध जनाएका छन् ।

उनीहरुले घिसिङलाई बर्खास्त गर्नुपर्ने सरकारको निर्णयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गरेका छन् । प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद अवरोध कायम राख्ने बिपक्षी दलको अडानका कारण संसद बैठक प्रभावित बनेको हो ।

सदनको अवरोध खुलाउन सभामुख देवराज घिमिरेले पहल गरेपनि सहमति भने हुन सकेको छैन ।

प्रतिक्रिया