आइतबार, वैशाख ७, २०८२

रुसमाथि लगाइएको प्रतिबन्ध हटाउने ‘अहिले समय होइन’-पेरिस शिखर सम्मेलनमा सहमति

नेपालखोज २०८१ चैत १४ गते ८:४७

काठमाडौं । बेलायती प्रधानमन्त्री किर स्टार्मरले पेरिसमा युरोपेली नेताहरूको सम्मेलनले बिहीबार रूसविरुद्धका प्रतिबन्ध हटाइन नहुने बरु मस्कोले युक्रेनाविरुद्धको युद्ध नरोकुञ्जेल बढाइनुपर्छ भन्नेमा सहमति जनाएको बताएका छन् ।

‘प्रतिबन्धहरू हटाउने समय अहिले बिल्कुल पनि होइन, यसको विपरीत-हामीले के कुरामा छलफल गर्‍यौँ भने कसरी अमेरिकी पहलमा थप दबाव दिएर रूसलाई वार्ता गर्न बाध्य पार्न सकिन्छ’, स्टार्मरले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँगै भने ।

जेलेन्स्कीले भने, ‘सबैले बुझे र बुझ्छन् कि आज रूसले कुनै पनि किसिमको शान्तिलाई चाहँदैन ।’ एउटा छुट्टै ब्रिफिङमा जर्मन चान्सलर ओलाफ स्कोल्जले रूसविरुद्धका प्रतिबन्ध हटाउनु ‘गम्भीर गल्ती’ हुने र शान्ति नआउञ्जेल ‘कुनै अर्थ छैन’ भने ।

‘शान्ति वास्तविक रूपमा प्राप्त नभएसम्म प्रतिबन्ध अन्त्य गर्नुले कुनै अर्थ राख्दैन र दुर्भाग्यवश हामी त्यसबाट अझै धेरै टाढा छौँ‘, स्कोल्जले भने ।

स्टार्मरले जेलेन्स्कीलाई युक्रेनसँग ‘लामो समयसम्म हाम्रो पूर्ण समर्थन छ’ भन्दै युक्रेनमा ‘शक्तिद्वारा शान्ति’ हेर्नका लागि आफू ‘दृढ’ रहेको बताए ।

उनले युक्रेनमा शान्तिको खोजीमा रुसले ‘ढिलाइ गर्ने प्रयास’ गरेको आरोप लगाए ।

प्रतिक्रिया