मंगलबार, वैशाख ९, २०८२

सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

नेपालखोज २०८१ चैत १४ गते ९:४०

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ ।

प्रतिनिधिसभा बैठक बिहान ११ बजे सुरु हुनेछ । प्रतिनिधिसभा बैठकमा बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची रहेको छ ।

यसैगरी, पूर्वाधार विकास समितिका माननीय सभापति दीपकबहादुर सिंहले जलस्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यस्तै, राष्ट्रियसभा बैठक दिउसो १ः१५ बजे सुरु हुनेछ ।

राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया