सोमबार, वैशाख ८, २०८२

जडीबुटीमा ८ सवारीमा आगजनी, अपराध गर्नेलाई कारबाही गर्छै : गृह मन्त्रालय

नेपालखोज २०८१ चैत १४ गते १९:३४

काठमाडौं । कोटेश्वरस्थित जडीबुटी प्रशोधन केन्द्रमा ८ वटा गाडी जलाइएका छन् । राजावादीले उक्त सवारीमा आगजनी गरेको गृह मन्त्रालयले जानकारी दिएको छ ।

गृह मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा सहसचिव छवि रिजालले भने, ‘कानुनलाई हातमा लिने जोसुकैलाई कारबाही हुन्छ । नियन्त्रणमा लिइन्छ । कोही पनि आत्तिनुपर्दैन । एक दिन यस्तो घटना भए पनि सधैँ यस्तो हुँदैन ।’

दंगामा संलग्न व्यक्तिहरू खोजीखोजी कानुनी दायरा ल्याउने उनले बताए ।

प्रतिक्रिया