सोमबार, वैशाख ८, २०८२

राष्ट्रियसभाको बैठक १७ गतेका लागि सर्‍यो

नेपालखोज २०८१ चैत १४ गते २०:५३

काठमाडौं । राष्ट्रियसभाको बैठक यही चैत १७ गते ११:१५ मा बस्ने भएको छ । दिउँसो १ बजेर १५ मिनेटको समयमा तोकिएको बैठक ढिला गरी सुरु भएको थियो । बैठक सुरु हुने वित्तिकै प्रतिपक्षी दलको अवरोधपछि आज अपराह्न ३:३० बजे बस्ने गरी सूचनाद्वारा निर्धारण गरिएको थियो ।

सोही समयमा बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने भएपछि संसद् सचिवालयले बैठक सरेको सूचना जारी गरेको हो ।

सूचनामा भनियको छ, ‘राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षले मिति २०८१ साल चैत १७ गते आइतबार बिहान ११ः१५ बजे बस्ने गरी निर्धारण गरेकाे व्यहोरा माननीय सदस्यको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’

प्रतिक्रिया