काठमाडौं तीनकुने क्षेत्रमा जारी कर्फ्यु आदेश स्थगन
नेपालखोज
२०८१ चैत १५ गते ८:२५

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा जारी कर्फ्यु आदेश स्थगन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबार बिहान सूचना जारी गर्दै तीनकुने र आसपासको क्षेत्रमा लगाइएको कर्फ्यु आदेश स्थगन भएको जानकारी दिएको हो ।
पहिलो सूचनामा शुक्रबार दिउँसो ४:२५ देखि राति १० बजेसम्म मात्र कर्फ्यू आदेश जारी गरेको थियो । त्यसपछि शनिबार बिहानसम्म थप भएको कर्फ्यू स्थिति सामान्य बन्दै गएपछि स्थगित भएको हो ।

सम्बन्धित
प्रतिक्रिया