मंगलबार, वैशाख ९, २०८२

पत्रकार हत्याको विरोधमा महासंघको प्रदर्शन

नेपालखोज २०८१ चैत १५ गते १०:०६

काठमाडौं । राजावादीको हिंसात्मक आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा नेपाल पत्रकार महासंघले प्रदर्शन गरेको छ ।

शुक्रबार भएको राजावादीहरुको आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा महासंघले शनिबार बिहान माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।

उनीहरूले पत्रकार सुरेश हत्याको दोषीलाई कारबाही गर्, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्, प्रेसमाथिको आक्रमण निन्दनीय छ लगायत लेखेका प्लेकार्ड बोकेका थिए ।

प्रतिक्रिया