सुदूरपश्चिम प्रदेशका उद्योगमन्त्रीद्वारा राजीनामा
नेपालखोज
२०८१ चैत १५ गते १३:२५

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएका छन् ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा आज बिहान पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा दिएको घोषणा मन्त्री चौधरीले गरे । गैर कानुनी ढङ्गले आर्थिक गतिविधिमा संलग्न भएको श्रव्य सामग्री सार्वजनिक भएपछि नैतिकताका आधारमा उनले राजीनामा दिए ।
उनले पत्रकारमाझ भने, ‘म निर्दोष छु, दोषी भए सजाय भोग्न तयार छु ।’ नेपाली कांग्रेसका नेता एवं मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारमा उहाँ नागरिक उन्मुक्ति पार्टीका तर्फबाट मन्त्री थिए ।
सम्बन्धित
प्रतिक्रिया