सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ लाख ७७ हजार
नेपालखोज
२०८१ चैत १६ गते ११:०५

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार २०० रुपैयाँ कायम भएको थियो ।
आइतबार चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य आइतबार १५ रुपैयाँ घटेर तोलामा २ हजार २५ रुपैयाँ कायम भएको हो । शुक्रबार तोलामा २ हजार ४० रुपैयाँ कायम भएको थियाे ।
सम्बन्धित
प्रतिक्रिया