सोमबार, वैशाख ८, २०८२

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

नेपालखोज २०८१ चैत १६ गते १२:०९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सर्वदलीय बैठक बोलाएका छन् ।

प्रधामन्त्री ओलीले समसामयिक राजनीति र संसद्‌को गतिरोध अन्त्यका विषयमा छलफल गर्न बैठक बोलाएको एमाले प्रमुख सचेत महेश बर्तौलाले जानकारी दिए ।

सदन सञ्चालनका बारेमा आइतबार सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकसँग गरेको छलफलमा बर्तौलाले यसबारे जानकारी दिएका हुन् ।

सभामुखसँग प्रमुख सचेतकसँगको बैठक सकिएको छ । बैठकमा एमाले प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्रीले ओलीले भोलि १८ गतेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने जानकारी गराए । उनले संसद अवरोध खुलाउने विषयमा प्रधानमन्त्री र विपक्षी दलका नेताबीच टेलिफोन संवाद भइसकेको पनि जानकारी दिए ।

सभामुखसँगको बैठकमा सत्तापक्षले सदनको अवरोध खुलाउन विपक्षी दललाई अनुरोध गरेको छ भने विपक्षी दलले आफ्नो अडान यथावत् रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया