मंगलबार, वैशाख ९, २०८२

उदयपुरको मुर्तीखोलाबाट करीव ८९१ किलो गाँजा बरामद

नेपालखोज २०८१ चैत १६ गते १३:३८

काठमाडौं । उदयपुर जिल्लाको बेलका नगरपालिका-६ मुर्तीखोला ईलाकाबाट चैत्र १६ गते सशस्त्र प्रहरीले करीव ८९१ किलो ४२३ ग्राम गाँजा बरामद गरेको छ ।

वेवारिसे अवस्थामा लुकाई छिपाई राखेको ३९ पोका गाँजा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश रामपुरको सुरक्षा फौजले बरामद गरेको हो । बरामद गाँजा आवश्यक कारवाहीको लागि सम्बन्धित निकाय बुझाईएको छ ।

प्रतिक्रिया