आइतबार, वैशाख ७, २०८२

नर्वेमा रकेट प्रक्षेपण असफल

नेपालखोज २०८१ चैत १६ गते २०:१७

ओस्लो । नर्वेको एंडोया स्पेसपोर्टबाट आइतवार प्रक्षेपण गरिएको जर्मन रकेट `स्पेक्ट्रम´२० सेकेन्डमै दुर्घटनाग्रस्त भई जमिनमा खस्दा विस्फोट भएको छ। करिब ३० मिटर अग्लो र ५० टन तौलको रकेटको दुर्घटनामा कसैलाई चोटपटक लागेन ।

एंडोया स्पेसले घटनाको अनुसन्धान भइरहेको बताउँदै सुरक्षा नै आफ्नो प्रमुख प्राथमिकता भएको जनाएको छ । युरोपको पहिलो व्यावसायिक अन्तरिक्ष उडान हुने अपेक्षा गरिएको यो प्रक्षेपण खराब मौसमका कारण यसअघि धेरै पटक स्थगित भएको थियो। अधिकारीहरूका अनुसार नयाँ प्रविधिको परीक्षणक्रममा यस्ता असफलता सामान्य हुन् ।

प्रतिक्रिया