प्रधानमन्त्रीले सम्बोधन गर्दैगर्दा संसद्मा राप्रपाको आपत्ति
नेपालखोज
२०८१ चैत १७ गते १२:३४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेको समयमा राप्रपाका सांसदले अवरोध गरेका छन् ।
सोमवार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुखसँग समय लिएर ओलीले सम्बोधन गरिरहेको समयमा राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले उठेर आपत्ति जनाएका थिए ।
ओलीले पूर्वराजाको विषयमा बोल्न थालेपछि ज्ञनेन्द्र शाही उठेर आपत्ति जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले राप्रपा सांसदलाई रोक्न खोजेका थिए ।
राप्रपाका सांसदहरू उठेर विरोध जनाएपछि ओली आक्रोशित बनेका थिए- ‘यहाँ संविधान मास्ने काम भइरहेको छ, नियमावलीको के कुरा ?’
सम्बन्धित
प्रतिक्रिया