अमेरिकी कर नीति सबै देशका लागि : ट्रम्प

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दिनमा लागू गर्न लागेको करमा अमेरिकासँग सबैभन्दा बढी व्यापार असन्तुलन भएका देशमात्र नभई ‘सबै देश’ समावेश हुने बताएका छन् ।
राष्ट्रपति ट्रम्पले व्यापार व्यवस्थालाई सम्बोधन गर्न पारस्परिक कर नीति सार्वजनिक गर्ने तयारी गरिरहनुभएको र यो अप्रिल २ देखि लागु गरिनेछ । ‘कर वृद्धि सबै देशहरूबाट सुरु हुनेछ, त्यसैले हेरौं के हुन्छ,’ ट्रम्पले एयर फोर्स वनमा पत्रकारहरूलाई भने ।
लक्ष्यलाई फराकिलो बनाए पनि राष्ट्रपति ट्रम्पले आफ्नो कर संयुक्त राज्य अमेरिकाविरुद्ध लगाइने करभन्दा बढी ‘उदार’ हुने दावी गरे । उनले भने, ‘यी देशहरूको हाम्रा लागि भन्दा यो कर धेरै उदार हुनेछ,’
ट्रम्पले स्टिल र आल्मुनियमको आयातमा कर लगाइसक्नुभएको छ भने चीनबाट आयात हुने सामानमा थप कर लगाइसेकाे छ ।
आयातित सवारी साधन (कार)मा पनि अप्रिल ३ देखि अतिरिक्त कर लागू हुनेछ ।
ट्रम्पका प्रमुख व्यापार सहयोगी पिटर नाभारोले चार पाङ्ग्रे सवारी साधनको आयातमा लगाइएको करले वार्षिक १०० अर्ब डलर उठाउन सक्ने दावी गरेका छन् ।
‘यसबाहेक, अन्य करबाट वार्षिक लगभग छ खर्ब डलर उठ्नेछ र यो १० वर्षको अवधिमा करिब छ ट्रिलियन डलर हुनेछ,’ नाभारोले फक्स न्यू सन्डेसँग भने ।
पारस्परिक ट्यारिफको एक विस्तृत श्रृङ्खला जारी गर्ने ट्रम्पको योजनाले विश्वव्यापी व्यापार युद्धको खतरा छ । कर नीतिबाट प्रभावित हुने देशहरूले पहिले नै प्रतिकार गर्ने प्रतिज्ञा गरेका छन् । अर्थशास्त्रीहरूले ट्रम्पको व्यापक कर वृद्धिको नीतिले मुद्रास्फीतिलाई बढावा दिने र मन्दीलाई बढाउने चेतावनी दिएका छन् ।
ट्रम्पले सरकारी राजस्व बढाउने र अमेरिकी उद्योगलाई पुनर्जीवित गर्ने तरिकाको रूपमा आफ्नो सरकारको कर नीतिको बचाउ गरे ।
प्रतिक्रिया