आइतबार, वैशाख ७, २०८२

युक्रेनमा रुसी क्षेप्यास्त्र आक्रमणमा बालबालिकासहित १८ जनाको मृत्यु

नेपालखोज २०८१ चैत २२ गते ७:४६

काठमाडाैं । युक्रेनी अधिकारीहरूले मध्य युक्रेनी शहर क्रिभी रिहमा रुसी क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको र धेरै घाइते भएको बताएका छन् ।

जेलेन्स्कीले रुसी आक्रमणमा मारिनेहरूमा नौ बालबालिका पनि रहेको बताएका छन् । स्थानीय अधिकारीहरूले ब्यालिस्टिक क्षेप्यास्त्र आवासीय क्षेत्रमा प्रहार भएको बताएका छन् ।

केही घण्टा अघि मात्र राष्ट्रपति जेलेन्स्कीले X मा एक पोस्ट गर्दै भनेका थिए कि यस आक्रमणमा १६ जनाको मृत्यु भएको छ, जसमा ६ बालबालिका पनि समावेश छन्।

तर, अहिले यो संख्या बढेको छ । घटनास्थलका तस्बिरहरूले आक्रमणमा दश तले भवनका फ्ल्याटहरूमा क्षति पुगेको देखाउँछन् ।

रुसी रक्षा मन्त्रालयले युक्रेनी सैन्य कमाण्डरहरू र पश्चिमी प्रशिक्षकहरू एक रेस्टुरेन्टमा भेटिरहेको दाबी गरेको छ, जुन रेस्टुरेन्टलाई लक्षित गरी मिसाइल आक्रमण गरिएको थियो र ८५ जनाको मृत्यु भएको थियो ।

यद्यपि रुसले यसको कुनै प्रमाण दिएको छैन । यसैबीच, युक्रेनी सेनाले भनेको छ, ‘रूसले आफ्नो मानव अपराध लुकाउन झूटा समाचार फैलाइरहेको छ।’ बीबीसी

प्रतिक्रिया