आइतबार, वैशाख ७, २०८२

प्रधानमन्त्री ओलीले भने- सरकारले शिक्षकको माग सम्बोधन गर्छ

नेपालखोज २०८१ चैत २२ गते १४:३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले शिक्षकका माग सम्बोधन गर्ने बताएका छन् ।

शनिबार थाइल्याण्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा प्रधानमन्त्री ओलीले सरकारले शिक्षकका माग सम्बोधन गर्ने बताएका हुन् ।

‘शिक्षकहरूलाई म धन्यवाद भन्न चाहन्छु । किनभने सरकारमाथि विश्वास गरेर उहाँहरू यो प्रदर्शनमा आउनुभएको छ । अहिले आवाज उठाएपछि सरकारले सुन्छ भन्ने विश्वास छ’, प्रधानमन्त्री ओलीले भने ।

उनले शिक्षक अहिलेको सरकारसँग विश्वास गरेर र यो सरकारले आफ्ना आवाज सुन्छ भनेर प्रदर्शनमा आएको भन्दै धन्यवाद दिए । उनले पहिलाको सरकारमा आन्दोलन नगर्नुको कारण सरकारले जति आन्दोलन गरे पनि नसुन्ने र अहिलेको सरकारले आफूहरूका माग पूरा गर्ने ठानेर प्रदर्शनमा आएको जिकिर गरे ।

प्रधानमन्त्री ओलीले काठमाडौंमा आएर प्रदर्शनको दुःख नगर्न आग्रह गर्दै सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया