युक्रेनी राष्ट्रपतिको गृहनगरमा भएको रुसी हमलामा १८ जनाको मृत्यु

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको गृहनगर क्रिभी रिगमा रुसी ब्यालिस्टिक क्षेप्यास्त्र हमलामा नौ बालबालिका सहित १८ जनाको मृत्यु भएको अधिकारीले बताएका छन् । शनिबार रातभरि आपत्कालीन कार्य सम्पन्न भएपछि दिनप्रोपेट्रोभ्स्कका क्षेत्रीय गभर्नर सर्गिय लिसाकले ६१ जना घाइते भएको बताए ।
क्रिभी रिगको सैन्य प्रशासनका प्रमुख ओलेक्सान्द्र भिल्कुलका अनुसार शुक्रबार बालबालिकाको खेल मैदान नजिकै आवासीय क्षेत्रमा मिसाइल आक्रमण भएको थियो ।
सामाजिक सञ्जालमा अप्रमाणित भिडियोहरूमा सडकमा शव रहेको देखाइएको छ भने अर्को भिडियोमा साँझको आकाशमा धुवाँको मुस्लो उठेको देखाइएको छ ।
घटनास्थलको सामाजिक सञ्जालको भिडियोमा एउटा कार जलिरहेको देखाइएको छ भने मानिसहरू चिच्याइरहेको सुन्न सकिन्छ । उनका अनुसार शुक्रबारको आक्रमणमा १२ बालबालिका घाइते भएका छन् ।
रूसको रक्षा मन्त्रालयले सहरमा ‘एउटा रेस्टुरेन्टमा उच्च विस्फोटक मिसाइलले सटीक आक्रमण गरेको थियो’ भन्दै त्यहाँ ‘तालिमका कमान्डर र पश्चिमी प्रशिक्षकहरूको बैठक हुँदै थियो’ भनेको छ ।
शनिबार रुसी एयर डिफेन्स युनिटले रातिभर ४९ वटा युक्रेनी ड्रोनलाई रोकेको र नष्ट गरेको बताएको छ ।
प्रतिक्रिया