आइतबार, वैशाख ७, २०८२

संविधानमाथि चुनौती दिन केही शक्ति सक्रिय : महासचिव पोखरेल

नेपालखोज २०८१ चैत २२ गते १७:१६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले संविधान र व्यवस्थामाथि चुनौती दिने गरी केही शक्ति सक्रिय भएको बताएका छन् ।

पेसागत महासङ्घ नेपाल राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकलाई आज सम्बोधन गर्दै उनले संविधानबाहिर केही पनि जान नसक्ने बताए । उनले पूर्वराजाका गतिविधिले संविधान कार्यान्वयनमा केही चुनौती थपेको बताए ।

महासचिव पोखरेलले संविधान कार्यान्वयन गर्ने सम्बन्धमा छिटोभन्दा छिटो कानुन बनाउनुपर्छ भन्नेमा वर्तमान सरकार तथा एमाले र नेपाली कांग्रेस प्रतिबद्ध रहेको उनले बताए । उनले पञ्चायतसँग गणतन्त्रलाई तुलना गरेर अस्थिरता मच्चाउने अपराधी भएको बताए ।

महासचिव पोखरेलले नेपालमा सुशासन र सेवाप्रवाहको कारणले जनतालाई प्रश्न उठेको भन्दै सुशासन कायम गर्ने र सेवाप्रवाहलाई छिटोछरिता बनाउन पेसागत महासङ्घलाई आग्रह गरे ।

उनले सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि सरकारले विभिन्न कानुन संशोधन गरेको बताए । यही चैत १५ गते भएको आपराधिक क्रियाकलापमा संलग्न र जिम्मेवार मानिसलाई कारबाहीको दायरामा ल्याउनुपर्ने भन्दै उक्त दिनको घटनाको सबै जिम्मा पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्ने उनको भनाइ राखे ।

प्रतिक्रिया