भारतीय प्रधानमन्त्री मोदीद्वारा श्रीलङ्कासँगको घनिष्ठ सम्बन्धको प्रशंसा

काठमाडाैं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलङ्काको पवित्र बौद्ध वृक्षको आइतबार दर्शन गरेका छन् । प्रधानमन्त्री मोदीले बौद्ध बहुल श्रीलङ्काको सार्वभौमिकताको प्रतीक अनुराधापुरामा रहेको श्री महाबोधीमा फूल चढाई बुद्धप्रति श्रद्धाभाव व्यक्त गरे ।
बुद्धले दुई हजार ५०० वर्षअघि बुद्धत्व प्राप्त गरेको भनिएको धारतमा रहेको अञ्जीरको बोटको बिरूवा भएको विश्वास गरिने यस अञ्जीरको बोटलाई कडा पहरा दिएर राखिएको छ ।
हिन्दू राष्ट्रवादी भारतीय प्रधानमन्त्री मोदीले सन् २०१५ मा आफ्नो अघिल्लो भ्रमणका क्रममा पनि यसको पूजा अर्चना गर्नुका साथै दुवै देशका लागि यसको धार्मिक र सांस्कृतिक महत्वमाथि उजागर गरेकाे छ ।
बोटानिकल नाम फिकस रिलिजियोसा भनिने यस रूखलाई दैनिक हजारौँले ‘जीवित बुद्ध’ को प्रतीकको रूपमा पूजा गर्छन्, यसको हाँगाहरू सुनको लेप लगाइएको फलामको सहारामा संरक्षित गरिएका छन् ।
भिक्षु, प्रहरी र सशस्त्र फौजले यस रूखको चौबिसै घण्टा पहरा दिनेगर्छन् ।
‘यो भ्रमणले दुई देशबीचको गहिरो सांस्कृतिक, आध्यात्मिक र सभ्यतागत सम्बन्धलाई पुनः पुष्टि गरेको छ,’ मोदीले भारत फर्कनुअघि सामाजिक सञ्जालमा लेखेका छन् ।
शनिबार मोदी र श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले रक्षा र ऊर्जालगायत सात सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।
दिसानायकेले श्रीलङ्काप्रति देखाएको ‘गहिरो व्यक्तिगत मित्रता’ सम्मानस्वरूप उहाँलाई देशको सर्वोच्च नागरिक सम्मान प्रदान गरे ।
मोदीको यो भ्रमणलाई यस क्षेत्रमा चीनको बढ्दो प्रभावको सामना गर्ने रणनीतिक कदमका रुपमा हेरिएको छ ।
प्रतिक्रिया