राम नवमीमा राम भजन ‘मनमा बसाएर राम’ सार्वजनिक

काठमाडौं । भगवान श्री राम हिन्दू धर्मका एक प्रमुख भगवानका रुपमा हिन्दुले पुज्ने गर्दछन् । हामी हिन्दु भगवान रामलाई धर्म, निष्ठा, मर्यादा, र आदर्श पुरुषको प्रतिकका रूपमा मान्दछौ । भगवान रामलाई ‘मर्यादा पुरुषोत्तम’ मानिन्छ जसको अर्थ हो- मर्यादा अर्थात नैतिकता र कर्तव्य पालन गर्ने सर्वोत्तम व्यक्ति ।
भगवान रामको जीवनले मानिसलाई इमान्दारिता, धैर्य, आदर र कर्तव्यपरायणताको मार्ग देखाउँछ । भगवान रामको चरित्रले भक्ति मार्गमा समर्पणको महत्व देखाउँछ । हनुमान जस्ता भक्तले उहाँप्रति अटूट श्रद्धा देखाए, जसले भक्त र भगवानबीचको सम्बन्धलाई उजागर गर्छ । भगवान रामको जीवन सत्य, धर्म, कर्तव्य, आदर्श, र प्रेमको उत्कृष्ट उदाहरण हो ।
भगवान रामको शिक्षालाई आफ्नो दैनिक जीवनमा अपनाएमा मानिसले एक अनुशासित, नैतिक, र सफल जीवन जिउन सक्छ। रामायण केवल एउटा धार्मिक ग्रन्थ मात्र नभई, जीवन जिउने सही तरिका सिकाउने मार्गदर्शक पनि हो ।
रामायणका कथा अनुसार, भगवान रामले आफ्नो व्यक्तिगत चाहनाभन्दा समाज र धर्मको कर्तव्यलाई प्राथमिकता दिए । पिता दशरथको वचन पूरा गर्न १४ वर्षको वनवास स्वेच्छाले स्वीकार गर्नु, राज्यको मोह त्याग्नु र सच्चा राजधर्मको पालन गर्नु आजको समाजका लागि प्रेरणादायक छ ।
त्यसैगरि भगवान रामबाट हामी परिवार र समाजप्रति उत्तरदायित्वबोध गर्न सक्दछौं । भगवान रामले पारिवारिक निष्ठा, भाइचारा, र समाजप्रतिको दायित्वलाई उच्च स्थान दिए । उनी र माता सीताको सम्बन्धले आदर्श दाम्पत्य जीवनलाई प्रतिनिधित्व गर्छ, र लक्ष्मणसँगको सम्बन्धले भाइचारा अर्थात् भ्रातृप्रेमको उत्कृष्ट उदाहरण प्रस्तुत गर्छ ।
प्रतिक्रिया