अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने बस्तु करिब ८ किलो ८ सय ५५ ग्राम सहित भारतीय नागरिक २८ वर्षीय SANDEEP KOOVATTUMOOLA UNNI आइतबार दिउँसो पक्राउ परेका छन् । थाई एयरको उडानद्वारा वैङ्ककबाट काठमाडौं आएका उनलाई भन्सार एरियाको एक्सरे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उनको ब्यागेजबाट उक्त बस्तु फेला पारी पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका–२६ गोंगबु नयाँ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ४५ ट्याब्लेट र स्पास्मो ८ ट्याब्लेट सहित काठमाडौं गोंगबु नयाँ बसपार्क बस्ने पर्वत मोदी गाउँपालिका–६ घर भएका २८ वर्षीय सुनिल गुरूङलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
चितवनको भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कस्थित सडकबाट नियन्त्रित लागूऔषध डाईजेपाम २९ एम्पुल, फेनारगन २९ एम्पुल, ब्रुप्रेनोर्फिन २९ एम्पुल र नगद १८ हजार रूपैयाँ सहित भरतपुर महानगरपालिका–४ लंकु बस्ने ३६ वर्षीय कृष्ण हरी कंडेललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले बा.प्र.०३–००३ प १७५३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापाको भद्रपुर नगरपालिका–५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम १० मिलिग्राम सहित बिर्तामोड नगरपालिका–६ सरस्वती टोल बस्ने ३० वर्षीय संतोष भट्टराईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो
यसैगरी झापाको दमक नगरपालिका–४ तारावारी प्रतिमा टोल डेरा गरी बस्ने सुनसरी रामधुनी नगरपालिका–४ घर भएका २४ वर्षीय विवेक माझीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ९ हजार १ सय ८० ट्याब्लेट, स्पास्पेन १६ हजार ५ सय ७० ट्याब्लेट, नगद २ लाख ८९ हजार ७ सय ५० रूपैयाँ, ल्यापटप १ थान, मोबाइल १ थान र क्यामेरा १ थान सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
रूकुम पश्चिमको वाफिकोट गाउँपालिका–४ छिनखेत बस्ने २९ वर्षीय राजिव मल्ललाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ६ सय ३७ ट्याब्लेट, नाइट्राभेट १ हजार ८ सय ५० ट्याब्लेट, नाईट्राफास्ट २ सय ४१ ट्याब्लेट र नाइट्राजेपाम ५३ ट्याब्लेट सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
सुनसरीको धरान उपमहानगरपालिका–१६ र सोही उपमहानगरपालिका–१ सिमाना क्षेत्र मगरसंघ टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ७५ ट्याब्लेट र स्पास्पेरिज २ सय ८० ट्याब्लेट सहित सोही उपमहानगरपालिका–१ बस्ने १९ वर्षीय ओसिन डंगोललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका–७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका–६ बस्ने २६ वर्षीय सद्दाम कुरेसी र सोही नगरपालिका–११ लालपुर बस्ने ४५ वर्षीय रमेश अहिर रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.२ प २५८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–२ कालिका टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय करन महरालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
उदयपुरको बेलका नगरपालिका–५ घुम्ने आईतबारे बस्ने ३० वर्षीय मिलन राईलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २३ ट्याब्लेट र स्पास्मो ४४ ट्याब्लेट सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लालबजारबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मोरङको विराटनगर महानगरपालिका–१४ जतुवा बस्ने ६० वर्षीय छटु यादव र १९ वर्षीय भुपेन यादवलाई अवैध लागूऔषध गाँजा ४५ किलोग्राम सहित गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ मैनाबगरस्थित तिनहु रिबर साईड रेष्टुरेण्टबाट अवैध लागूऔषध गाँजा ३ सय ९३ ग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१ बस्ने १९ वर्षीय बिक्की विक र कास्की पोखरा महानगरपालिका–९ घर भएका २६ वर्षीय सुमन जोशी रहेका छन् । अस्थायी प्रहरी बिट जितगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा १० किलो ७ सय ग्राम सहित मकवानपुर मनहरी गाउँपालिका–६ बस्ने ३८ वर्षीय रबी थिङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको ना.३६ प २१७७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया