शनिबार, वैशाख ६, २०८२

१० लाख रुपैयाँ भन्दा बढिको अबैध कपडासहित गाडि नियन्त्रणमा

नेपालखोज २०८१ चैत २४ गते १८:००

काठमाडौं । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२३ स्थित भलुवाहि गाउँबाट चैत्र २४ गते सशस्त्र प्रहरीले करीब १० लाख ८ हजार रुपैयाँ बराबरको लत्ताकपडासहित गाडि नियन्त्रणमा लिएको छ ।

बा.प्र.०१–०२७ च ८५०३ नम्बरको टाटा पिकअप गाडिमा बिरगंज महानगरपालिका–१६ भुटनदेवी मन्दिर नजिकबाट लोड गरी जितपु–सिमरातर्फ २० बोरा लत्ताकपडा लैजान लागेको भन्ने बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म विरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको सुरक्षा फौजले भन्सार छलिको कपडा र गाडी नियन्त्रणमा लिएको हो ।

गाडिलाई पिछागर्दै आएपछी भलुवाहिमा गाडी छाडेर चालक फरार भएका थिए । बरामद गरिएको सर्टिङ सुटिङको कपडा तथा साडी र पिक अप आवश्यक कारबाहिको लागि विरगंज भन्सार कार्यालयमा बुझाईएको छ ।

बरामद गाडिको भन्सार दाखिला मुल्य २५ लाख र लत्ताकपडाको मुल्य १० लाख ८ हजारसहित जम्मा भन्सार दाखिला मुल्य ३५ लाख ८ हजार कायम गरी भन्सार कार्यालयमा बुझाइएको हो ।

प्रतिक्रिया