शनिबार, वैशाख ६, २०८२

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

नेपालखोज २०८१ चैत २४ गते १७:०१

काठमाडौं । संखुवासभामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा खाँदबारी नगरपालिका–८ बस्ने २५ वर्षीय नवराज कट्टेललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । कट्टेलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कैलालीमा पनि १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढी उपमहानगरपालिका–२ कृष्णनगर बस्ने २४ वर्षीय शिवम साहलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । साहले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया