राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्ने
नेपालखोज
२०८१ चैत २५ गते ११:०३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । राप्रपाले आज बल्खु क्षेत्रमा प्रदर्शन र आमसभा गर्ने भएको हो ।
राप्रपाले आज बागमती प्रदेशस्तरीय विरोधसभासहितको प्रदर्शन गर्नुका साथै बैशाख ७ गतेबाट काठमाडौं केन्द्रित आन्दोलन गर्ने जनाएको छ ।
राप्रपाले देश बनाउने र बचाउने अभियानमा सबैलाई पार्टीको झण्डासहित प्रर्दशनमा सहभागी हुन आग्रह गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया