आइतबार, वैशाख ७, २०८२

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

नेपालखोज २०८१ चैत २५ गते १५:४९

काठमाडौं । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-७ शिवगढीयास्थित सडकमा लु.१ च २७६३ नम्बरको पिकअप गाडी अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा गाडीमा सवार गैडहवा गाउँपालिका-१ शिवपुरवा बस्ने रामकिशन यादवकी छोरी १२ वर्षीया अस्मिता यादव र शुद्धोधन गाउँपालिकका-६ मानमटेरिया बस्ने ४८ वर्षीया ज्ञानमती यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार मध्ये १७ जनाको सोही अस्पतालमा र ३ जनाको लाईफ केयर पोलिक्लिनिक महजिदीयामा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ स्थित सडकमा बा.प्र.०६-००१ ज ०१८६ नम्बरको माईक्रोको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-२ बस्ने भारत उत्तर प्रदेश गोरखपुर घर भएका ५० वर्षीय जंग बहादुर यादवको सोमबार राति मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सरकारी अस्पताल सिमरा हुँदै थप उपचारको लागि नारायणी अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । माईक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया