शुक्रबार, वैशाख ५, २०८२

‘अब तपाईंको पालो’ : मेटलाइफद्वारा प्रेरणादायी भिडियो सहित अभिकर्ता पेशामा आबद्ध हुन आह्वान

नेपालखोज २०८१ चैत २६ गते १०:५७

काठमाडौं । मेटलाइफ नेपालले देशभरका विभिन्न इच्छुक मानिसलाई जीवन बिमा क्षेत्रमा इनामदायी र अर्थपूर्ण करियर सुरु गर्ने सुनौलो अवसर प्रदान गर्दै जीवन बीमा अभिकर्ता पेशामा आबद्ध हुन अनुरोध गर्दै एक विशेष अभियान सुरु गरेको छ ।

‘अब सकारात्मक परिवर्तन ल्याउने पालो तपाईंको’ भन्ने प्रेरणादायी नारासहित सुरु गरिएको यो अभियानले मेटलाइफका बीमा अभिकर्ताहरूले परिवार, समुदाय, र राष्ट्रको जीवनमा कस्तो सकारात्मक प्रभाव पार्न सक्छन् भन्ने कुरामा जोड दिएको छ ।

जब धेरै नेपालीले विदेशमा रोजगारी खोजिरहेका छन्, मेटलाइफ नेपालको यो अभियानले नेपालमै बसेर पनि अर्थपूर्ण र सम्मानजनक करियर निर्माण गर्न सकिने सन्देश दिन्छ । जीवन बीमा अभिकर्ताको रूपमा व्यक्तिले आर्थिक स्वतन्त्रता, व्यावसायिक पहिचान, र व्यक्तिगत सन्तुष्टिसहित आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्न सक्छन् । यो अभियान नेपालीलाई आफ्नै देशमा बसेर भविष्य निर्माण गर्न र आत्मविश्वासपूर्ण जीवन सुनिश्चित गर्ने उद्देश्यसहितको करियरमा योगदान पु¥याउन आह्वान गर्दछ ।

मेटलाइफ नेपालमा करियर सुरु गर्दा असंख्य अवसरहरूको ढोका खुल्छ । इच्छुकहरूले अन्तर्राष्ट्रिय स्तरको बीमा र बिक्रीसम्बन्धी तालिम प्राप्त गर्छन्, बहुराष्ट्रिय कार्यसंस्कृति अनुभव गर्छन्, र निरन्तर सिकाइ तथा विकासको पहुँच पाउँछन् ।

आर्थिक सफलता मात्र नभएर, यस पेशामा एउटा गहिरो जिम्मेवारी पनि हुन्छ-व्यक्तिहरू र परिवारहरूलाई सुरक्षा र आर्थिक सुनिश्चितता प्रदान गर्नु । जीवन बीमा अभिकर्ताले मानिसहरूलाई जीवनका अनिश्चितताहरूका लागि तयार हुन सहयोग गर्छन्, जसले सपनाहरूलाई सुरक्षित राख्छ र भविष्यलाई सुनिश्चित बनाउँछ ।

प्रतिक्रिया