सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?
नेपालखोज
२०८१ चैत २६ गते ११:१०

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ७५ हजार ४०० रुपैयाँ पुगेको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ४०० रुपैयाँ रहेको थियो ।
यस्तै, बुधबार चाँदी प्रतितोला १ हजार ८३५ रुपैयाँ रहेको छ । मंगलबार यो मूल्य १ हजार ८३० रुपैयाँ थियो ।
सम्बन्धित
प्रतिक्रिया