काठमाडौंको सतुंगलबाट लागूऔषधसहित तीनजना सशस्त्र प्रहरीको नियन्त्रणमा
नेपालखोज
२०८१ चैत २६ गते १३:२४

काठमाडौं । सशस्त्र प्रहरीले काठमाडौंको सतुंगलबाट लागूऔषधसहित बुधबार तीन जनालाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिईएकाहरुमा मोरङ्गको मिक्लाजुङ्ग-८ घर भई काठमाडौ बस्ने वर्ष ४५ का अमर बहादुर दर्जी, महोत्तरीको मनरासिस्वा नगरपालिका-२ बस्ने वर्ष ३० का सन्दिप सिंह र काठमाडौ महानगरपालिका-८ बस्ने वर्ष ३३ का आसिक सिंह छन् ।
बाराको सिम्रौनगढ, कलैया, वीरगंज हुँदै काठमाडौतर्फ आउँदै गरेको यात्रुवाहक बसमा सवार उनीहरुलाई विशेष सूचना आधारमा सशस्त्र प्रहरी बल ईन्टेलिजेन्स व्यूरोको टोलीले उक्त लागूऔषधसहित नियन्त्रणमा लिएको हो । सो लागूऔषधमा डाईजोपाम, नोफिन र फेनारगन रहेका छन् ।
नियन्त्रणमा लिईएका तीनै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।
सम्बन्धित
प्रतिक्रिया