जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
नेपालखोज
२०८१ चैत २६ गते १४:५०

मकवानपुर । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा थाहा नगरपालिका-३ शिखरकोट बस्ने १९ वर्षीय एलोन बिष्टलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बिष्टले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया