आइतबार, वैशाख ७, २०८२

कटुवा पेस्तोलसहित एक जना पक्राउ

नेपालखोज २०८१ चैत २६ गते १५:०७

पर्सा । सखुवाप्रसौनी गाउँपालिका-६ एकडर्वा बस्ने ६० वर्षीय बिरेन्द्र यादवलाई कटुवा पेस्टोल १ थान र गोली ३ थानसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी महुवनबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.२३ प ४८७७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया