आइतबार, वैशाख ७, २०८२

वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने जगमान गुरुङको घोषणा

नेपालखोज २०८१ चैत २६ गते १५:१८

काठमाडाैं । राजसंस्था पुर्नस्थापनाका लागि गठन भएको जनआन्दोलन समितिका कार्यवहाक संयोजक डा. जगमान गुरुङले वैशाख २२ गतेसम्म सामूहिक गिरफ्तारी दिने घोषणा गरेका छन् ।

बुधबार काठमाडौंमा समितिले आयोजना गरेको प्रतिवद्धता व्यक्त गर्ने कार्यक्रममा उनले त्यसलाई रोक्न सरकारले चैत १५ गतेको कार्यक्रमपछि जारी भएका वारेन्ट खारेज गर्नुपर्ने र नेता नवराज सुवेदीको नजरबन्द हटाउनुपर्ने सर्त राखेका छन् ।

‘वैशाख २२ गतेसम्म पनि यो सरकारले हाम्रा साथीहरुको वारेन्ट बर्खास्त गरेन भने, हाम्रा संयोजकको नजरबन्द हटाएन भने र बन्दी बनाइएका साथीहरुलाई मुक्त बनाइएन भने २२ गते हामी सामूहिक गिरफतारी दिन्छौं,’ गुरुङले भने ।

यद्यपि आफूहरुको आन्दोलन भद्र हुने उनको भनाइ छ।

प्रतिक्रिया