आइतबार, वैशाख ७, २०८२

स्ववियुकाे निर्वाचनमा मणिलेकमा नेविसङ्घको प्यानलै विजयी

नेपालखोज २०८१ चैत २६ गते १९:००

बैतडी । सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत मणिलेक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसङ्घको प्यानलै विजयी भएको छ । अनेरास्ववियु र अखिल क्रान्तिकारीका उम्मेदवारलाई पराजित गर्दै नेविसङ्घका उम्मेदवार विजयी भएका हुन् ।

सभापतिमा नेविसङ्घका मनोजदत्त ओझा विजयी भए । उनले ४८ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका सरोज भट्टले ३७ मत र अखिल क्रान्तिकारीकी कल्पना भट्टले २१ मत प्राप्त गरे ।

सचिवमा दर्शन नेगी, कोषाध्यक्षमा पुजा चन्द विजयी भए । योसँगै मणिलेक बहुमुखी क्याम्पसमा नेविसङ्घले तेस्रो पटक स्ववियू निर्वाचनमा जित हासिल गरेको हो । एक सय २५ मतदाता रहेको क्याम्पसमा एक सय ११ मत खसेको निर्वाचन अधिकृत भवानी सिंह नायकले बताए । रासस

प्रतिक्रिया