आइतबार, वैशाख ७, २०८२

जयपृथ्वी राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध

नेपालखोज २०८१ चैत २७ गते ६:५६

यचैनपुर (बझाङ) । केदारस्यूँ गाउँपालिका–९ को पौडी ढोड्याखेत बजार नजिकै जयपृथ्वी राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज साँझको पानीपछि पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

यस्तै, वित्थडचिर गाउँपालिकाको लिममा पनि पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ ।

सडक अवरुद्ध भएसँगै सञ्चालनका लागि जेसिबी पठाइएको प्रमुख जिल्ला अधिकारी कैलाशबहादुर ठकुराठीले बताए । रासस

प्रतिक्रिया