दुलेगौडा–हर्कपुर मार्ग धमाधम कालोपत्र गरिँदै
नेपालखोज
२०८१ चैत २७ गते ९:४८

दमौली (तनहुँ) । शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा हर्कपुर मोटरमार्गअन्तर्गत बेसारेगौडा खण्डमा ट्रयाक खुलेको ३१ वर्षपछि कालोपत्र गर्न थालिएको छ ।
शुक्लागण्डकी नगरपालिकाले रु दुई करोड दुई लाख छुट्याएर सडक कालोपत्र गर्न थालेको हो । शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले पहिलो चरणमा आठ सय मिटर कालोपत्र र दुई सय मिटर ढलान गरिने जानकारी दिए । नगर क्षेत्रका सडक क्रमशः स्तरोन्नति गरिने उनले बताए ।
सम्बन्धित
प्रतिक्रिया