आइतबार, वैशाख ७, २०८२

आगामी बजेट तयारीबारे प्रधानमन्त्रीले आज मन्त्री र सचिवसँग छलफल गर्ने

नेपालखोज २०८१ चैत २७ गते ११:५२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी नीति तथा कार्यक्रम र बजेटबारे सबै मन्त्री र सचिवसँग छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो साढे ३ बजे आगामी नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्ने भएकाे प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले विभिन्न योजना तथा कार्यक्रमका प्रगतिबारे जानकारी लिनेछन् ।

प्रतिक्रिया