शुक्रबार, वैशाख ५, २०८२

तयारीबिनाका योजना बजेटमा राख्दा कार्यान्वयनमा समस्या : अर्थमन्त्री पौडेल

नेपालखोज २०८१ चैत २७ गते १२:१७

काठमाडाैं । उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले तयारीबिनाका योजना बजेटमा राख्दा कार्यान्वयनमा समस्या देखिएको बताएका छन् ।

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा पौडेलले चालू आर्थिक बर्षमा बिना अध्ययनका करिव ११ हजार योजनामा बजेट लोड गरिएका कारण कार्यान्वयनमा समस्या देखिएको बताएका हुन् ।

यसअघि ७ हजार आयोजना रहेकोमा ११ हजार योजना थप गरि १८ हजार आयोजना रहेको र त्यसलाई अघि बढाउन समेत समस्या भएको उनले बताए ।

पौडेलले सिमित स्रोतको अत्याधीक सदूपयोगमा सरकारले ध्यान दिएको भन्दै आगामी आर्थिक बर्षको बजेट निर्माणमा पनि सिमित स्रोतलाई ध्यान दिइने बताए । उनले क्यालेन्डर बनाएर आगामी आर्थिक बर्षको बजेट निर्माणको काम भइरहेको र बजेट लेखन टोलीले काम सुरु गरिसकेको जानकारी दिए ।

प्रतिक्रिया