मृत अवस्थामा फेला
नेपालखोज
२०८१ चैत २७ गते १३:१६

काठमाडौं । काठमाडौं महानगरपालिका-३१ शंखमूल डेरा गरी बस्ने मोरङ विराटनगर महानगरपालिका-३ घर भएका ४५ वर्षीय युवराज ढकाल आफ्नै कोठमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
धादिङको गजुरी गाउँपालिका-२ डुडेठाटी बस्ने ६० वर्षीय चुडामणी कडेल बुधबार आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । अर्घाखाँचीको पाणिनी गाउँपालिका-३ दुर्गाफाँटस्थित प्रतिक्षालयमा सोही ठाउँ बस्ने गुल्मी छत्रकोट गाउँपालिका-५ रूम्जाकोट घर भएका ६८ वर्षीय मोतिराज पौडेल बुधबार मृत अवस्थामा फेला परेका छन् ।
कैलालीको टीकापुर नगरपालिका-८ श्रीलंकास्थित कर्णाली नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया