आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । धनुषाको सबैला नगरपालिका-१२ टोकी बस्ने चन्देश्वर कुँवरको घरमा बुधबार साँझ आगलागी हुँदा करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
बाराको बारागढी गाउँपालिका-४ सुखीपथरा बस्ने हरिन्द्र प्रसाद कामीको कुखुरा फर्ममा बिहीबार बिहान आगलागी हुँदा करिब २० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
कपिलवस्तुको कपिलवस्तु नगरपालिका-३ जमहरी बस्ने भुसाहे यादवको गोठमा बुधबार राति आगलागी हुँदा करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
रौतहटको राजपुर नगरपालिका-५ पानी टंकीस्थित सोही नगरपालिका-६ बस्ने प्रमोद साह कलवारको मोटरसाईकल वर्कशप, सोही नगरपालिका-५ बस्ने शेख एकरामुलको पान पसल, रहमत अलीको मिठाई पसल र मन्जर आलमको बसको टिकट काउन्टरमा विद्युत सर्ट भई बुधबार राति आगलागी हुँदा करिब १२ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका–६ जलजले बस्ने नर माया श्रेष्ठ र विना गुरूङको गोठमा बुधबार राति आगलागी हुँदा दुबै जनाको गोठ पूर्णरूपमा जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया