शनिबार, वैशाख ६, २०८२

८४ को निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छ : महामन्त्री थापा

नेपालखोज २०८१ चैत २७ गते १४:४३

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले ८४ को निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुने बताएका छन् ।

बिहीबार काठमाडौंमा कांग्रेस क्षेत्र नम्बर २ को दोश्रो प्रदेश सम्मेलनमा थापाले पार्टीको महाधिवेशनका विषयमा कोहि अल्मलिनुनपर्ने भन्दै ८४ को निर्वाचनअघि नै पार्टीको महाधिवशेन हुने बताएका हुन् ।

पार्टीको महाधिवेशन छिटो गर्न पाइने तर पछि सार्न नपाइने उनले बताए । थापाले महाधिवेशनलगतै विभिन्न निर्वाचन आउने भएकाले तयारीमा जुट्नुपर्ने उल्लेख गरे । उनले स्थानीयले गर्नुपर्ने काम प्रदेश र प्रदेशले गर्नुपर्ने काम संघले गरेको भन्दै त्यसलाई सुधार गर्नुपर्ने बताए ।

संघीयता कार्यान्वयनलागि आवश्यक कानून समयमा बन्न नसकेकाले समस्या देखिएको भन्दै उहाले कानून निर्माणका साथै संविधानमा आवश्यक संशोधन गर्नुपर्नेमा जोड दिए । महामन्त्री थापाले नेपालको राजा कसैले पनि धोएर वा सफा गरेपनि संवैधानिक बनाउन नसक्ने स्पष्ट पारे ।

प्रतिक्रिया